Comments Add Comment

दुग्ध निर्देशिका संशोधन गर्न रुपन्देहीका व्यवसायीको माग

१ चैत, बुटवल । रुपन्देहीका डेरी व्यवसायीले सरकारले ल्याएको दुग्धजन्य पदार्थसम्बन्धी नीतिको विरोध गरेका छन् ।

नीतिले किसान, दुग्ध व्यवसायी विस्थापित हुने खतरा बढेको भन्दै यसले ‘मिल्क होलिडे’ को अवस्था आउने चेतावनी दिएका छन् ।

बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरीरुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्रप्रसाद पाठकले किसान, सहकारी तथा डेरी व्यवसायीलाई नयाँ नीतिले समेट्न नसकेको बताए । उनले दुग्ध निर्देशिका– २०७५ लाई संशोधन गरी किसान मैत्री बनाउन आग्रह गरेका छन् ।

नयाँ नीतिअनुसार डेरी व्यवसायीले एक महिनाभित्र अनिवार्य रुपमा लोगो अंकित प्याकेटको दूधमात्रै बिक्री वितरण गर्नुपर्छ । अध्यक्ष पाठकले आफूहरु सरकारी नीतिको विरोधी नभए पनि सरकारले छलफलनै नगरी ल्याएकाले संशोधन गर्नुपर्ने बताए ।

‘उपभोक्ताको रोजाइमा अहिले पनि खुल्ला दूध हुने गरेको छ, तर जबर्जस्ती रुपमा पोके दूध खुवाउनुपर्ने यो कस्तो बाध्यता हो’ उनले भने ।

निजी दुग्ध व्यवसायी गणेशदेव भण्डारीले आफूहरुलाई एक बर्ष भन्दा बढीको समय दिनुपर्ने बताए । उनले व्यवसायीहरुले प्याकेजिङ उद्योग स्थापना गर्नका लागि करोडौ रुपैया लाग्ने भन्दै एक महिनामा सम्भव नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment