+
+
Shares

वैदेशिक लगानीबारे हडबड गर्दा देश अधोगतितर्फ लाग्छ : चौधरी

कानून बनाउँदा गम्भिर बन्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १५:३७

१ चैत, काठमाडौं ।  सांसद विनोद चौधरीले वैदेशिक लगानी प्रवर्द्धन जस्ता महत्वपूर्ण कानून निर्माणमा गम्भीर बन्न सरकार र संसदको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित सम्वन्धी समितिमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विशेषज्ञको हैसियतले धारणा राख्दै सांसद चौधरीले नेपालमा वैदेशिक लगानी बढ्न नसक्नुका कारणबारे गहिरो अध्ययन हुनुपर्ने र सोही आधारमा कानून निर्माण गर्नुपर्ने बताए ।

‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ,’ सांसद चौधरीले भने, ‘अन्यथा सरकारले सोचेको जस्तो तथा निजी क्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन ।’

नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न सकिएको छ भने त्यसको अनुभव र सकिएको छैन भने त्यसका कारण पहिल्याएर मात्रै आगामी दिशा तय हुनसक्ने विश्लेषण गर्दै सांसद चौधरीले भने, ‘यदि हामीले हतारमा कानून ल्याउनका लागि मात्रै कानून बनायौं भने त्यो अर्को गल्ती हुनेछ । हामी पुरानै समस्यामा रुमलिइरहनेछौं ।’

लगानी सम्मेलन अगाडि आर्थिक क्षेत्रमा सुधारका धेरै कामहरु गर्नु राम्रो रहेको धारणा राख्दै सांसद चौधरीले यो कामलाई समयमै अगाडि बढाएको भए अहिले हतारोमा काम गर्नु नपर्ने औंल्याए ।

‘सरकारले समानान्तर रुपमा ऐनहरु छलफल गराइरहेको छ । सरकारले हतार गरिरहेको छ । जति ऐनहरु आइरहेका छन्, प्रत्येक ऐनलाई समय लगाएर छलफल गर्नुपर्ने हो । तर, अहिले त्यस्तो देखिएको छैन । एकातिर सेज ऐन छलफल चलाइएको छ, अर्कोतिर सार्वजनिक-निजी-साझेदारी ऐनलाई बहसमा ल्याइएको छ’ उनले भने,’एन्टिडम्पिङ ऐन पनि छलफल भइरहेको छ । यसरी एकैचोटि सबै ऐन ल्याउनु हुँदैनथ्यो । प्रत्येक ऐनमा खुलेर छलफल गर्न सक्ने वातावरण बनाइएको भए राम्रो हुन्थ्यो ।’

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउन सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो । त्यसलाई सफल बनाउन विभिन्न आर्थिक क्षेत्रसम्बन्धी ऐन ल्याउन लागिएको हो ।

‘हामीले आउन लागेका ऐनहरुलाई सम्बद्ध ‘स्टेकहोल्डर’को गहिरो छलफलपछि मात्रै ल्याउनुपर्छ । यो हडबडमा गर्ने काम होइन । यदि हडबडमा गरियो भने देश फेरि अर्को दुघर्टनामा पर्छ,’ सांसद चौधरीले भने ।

तीन वर्षअघि सम्पन्न लगानी सम्मेलको स्मरण गर्दै सांसद चौधरीले त्यतिबेला  १४ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने प्रतिवद्धता प्राप्त भए पनि कार्यान्वयन नभएको भन्दै यसलाई नजिरका रुपमा लिदै आगामी सम्मेलनलाई व्यवहारमै सफल बनाउनुपर्ने बताए ।

सांसाद चौधरीले भारत र चीन ‘बिगेस्ट एन्ड द मस्ट भाइब्रेन्ट फ्याक्टि्रज अफ द वल्र्ड’का रुपमा चिनिने, यि देशको उत्पादन लागत विश्वमै सबैभन्दा सस्तो रहेको पृष्ठभूमीमा नेपाली उत्पादनले यि देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन रहेको वास्तविकता औल्याए ।

‘कानुन बनाउँदा कुन-कुन क्षेत्रमा हामीले राम्रो गरेका छौं ? कुन कुन क्षेत्रमा हामी खस्किएका छौं ? र कि खस्किँदै छौं ? कुन क्षेत्रको उत्पादन लागत घट्दै छ र कुन क्षेत्रको बढ्दै छ ? यी सम्पूर्ण कुराको गम्भीर छलफल गरेर त्यहीअनुसार कानुन ल्याउनुपर्छ,’ उनले भने,’यस्ता कुरालाई विश्लेषण नगरी कानुन ल्याउने प्रयत्न गर्‍यौं भने, हिजो र भोलिमा केही फरक हुन्न, अझ अधोगतितर्फ देश लाग्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?