News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ।
- सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्।
- कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता सेयर निष्कासन गर्नेछ।
- सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था छ।
२६ भदौ, काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ ।
यससम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निष्कासन गर्दै छ ।
कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने छ । सोही अवधिभित्र सेयर निष्कासन नभए पुन: नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4