Comments Add Comment

स्काईवर्थको संसारकै सबैभन्दा पातलो टिभी नेपाली बजारमा

८ जेठ, काठमाडौं । के एल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो ।

यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । सोमबार सांझ काठमाण्डौमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो ।

ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ ।

जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोइड टीभी र मल्टी फङ्सनल टी टेबल पनि सार्वजनिक गरिएको थियो । गुगल एन्ड्रोइड टीभीमा भाइस कमाण्डबाट नै आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आफ्नो चाहना अनुसारको एप्लिकेशन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि छ ।

साथै मल्टी फंगसनल टी टेबल टेल मात्र नभई रेफि्रजेरेटर, साउन्ड बक्स, मोबइल चार्जङ युनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो ।

यी सार्वजनिक गरिएका तिन वटै प्रोडक्ट इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण हो । त्यस कारण यी प्रोडक्टहरुले नेपालमा पनि राम्रो बजार लिने छ भन्ने कम्पनीको दाबी रहेको छ ।

युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कारण नेपालमा पनि छोटो समयमै लोकपि्रय हुन सफल भएको कम्पनीको ठम्याई रहेको छ ।

साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment