Comments Add Comment

काठमाण्डौमा ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’ हुन, सुभाष घई नेपाल आउँदै


काठमाण्डौमा ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’ को आयोजना हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल ‘विस्लीङ्ग उड इन्टरनेशनल’को संयुक्त आयोजनामा हुन गइरहेको वर्कशपका लागि बलिउडमा सफल निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनले नै नायिका मनिषा कोइरालालाई सन् १९९१ मा चलचित्र ‘सौदागर’बाट बलीउडमा प्रवेश गराएका थिए ।

वर्कशपमा बिशेषगरि मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, कथा लेखन र फेसन डिजाइनमा केन्द्रित हुनेछ । यो वर्कशपको लागि मुम्बइबाट निर्देशक घइसँगै अन्य विधाका विज्ञहरु कथा लेखक अन्जुम राजाबली, फेसन डिजाईनर निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का प्रमुख राहुल पुरी र नेपालबाट निर्देशक दिनेश डीसी हुनेछन् ।

जेठ २० गते काठमाण्डौको होटल अन्नपुर्णमा विहान ९ बजे देखी बेलुकी ६ बजेसम्म वर्कशप संचालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment