Comments Add Comment

चीनमा बस्दै आएका नागरिकलाई सतर्क रहन अमेरिकाकाे अपिल


१० जेठ, काठमाडौं । अमेरिकाले चीनमा बस्दै आएका आफ्ना नागरिकहरुलाई सतर्क रहन भनेको छ । विदेशमन्त्रालयले आफ्ना देशका नागरिकलाई भनेको छ– असामान्य आवाज वा दृष्यसँग सावधान रहनू ।

एक कर्मचारीको शंकास्पद अवस्थापछि अमेरिकी विदेश मन्त्रालयले यो चेतावनी जारी गरेको हो । एक व्यक्तिले शंकास्पद, असामान्य आवाज र दबाव परेको गुनासो गरेको थियो ।

अमेरिकी विदेश मन्त्री पाइक पोम्पियोले भनेका छन् मेडिकलको रुपमा हेर्ने हो भने यो त्यस्तै घटना हो जुन अमेरिकी दूतावासका कर्मचारीहरुलाई क्युबामा भएको थियो ।

विदेशमन्त्री पोम्पियोले चीनमा हालै भएका घटना क्युबाको सोनिक हमलाजस्तै रहेको बताएका छन् । उनका अनुसार एक मेडिकल टिमलाई जाँचबुझ गर्न चीनमा पठाइएको छ ।

अमेरिकी दूतावासका प्रवक्ता जिनी लीका अनुसार अमेरिकी कर्मचारीहरुले चीनको ग्वाङझोउ शहरमा सन् २०१७ को अन्त र सन् २०१८ को अप्रिल महिनाको बीचमा कयौं प्रकारका शारीरिक विकृतिहरुको सामना गर्नुपरेको छ । त्यसपछि कर्मचारीहरुलाई अमेरिका फर्काउनु परेको छ । यही मे महिनाको १८ तारिखमा कर्मचारीहरुको दिमागमा असर परेको पत्ता लागेको थियो ।

लीले भने– हामीले हाम्रा नागरिकहरुलाई कुनै शंकास्पद आवाज वा प्रकाश देखिएमा त्यसतर्फ जाने प्रयास नगर्नू भनेका छौं ।

लीका अनुसार दिमागी असरको कारण अझैसम्म पत्ता लागेको छैन । कुटनीतिज्ञहरु बाहेक अरुलाई यस्तो समस्या भएको जानकारी पनि आएको छैन ।

लीका अनुसार चिनियाँ अधिकारीहरुलाई यसबारे जानकारी पनि गराइएको छ र उनीहरुले यसबारे जाँचबुझ गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment