Comments Add Comment

प्रचण्डले नाम टुंग्याउन नसक्दा नेकपाको स्थायी कमिटी अपूर्ण

अन्तिम ६ भित्र पर्न एक दर्जन नेताको प्रतिस्पर्धा


१० जेठ, काठमाडौं । तत्कालीन माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनाको नाम टुंगो नलागेका कारण नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाउन सकेको छैन । ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट रहने २६ जनाको टुंगो लागिसकेको छ ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट १९ जनाको नाम टुंगो लगाउन नसकिएको नेकपाकी नेता पम्फा भुसालले बताइन् । स्थायी कमिटीमा पर्नका लागि नेताहरुले प्रचण्डमाथि दबाव पारेका छन् । प्रचण्डले स्थायी कमिटी सदस्य छान्न नसकेका कारण पूर्णता पाउन नसकेको एक सचिवालय सदस्यले बताए ।

पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित छ ।

बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ । अमिक शेरचन स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

बाँकी ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

एमालेका २६ जना टुंगिए

तत्कालीन एमालेबाट भने स्थायी कमिटी सदस्यको टुंगो लागिसकेको छ । तत्कालीन एमालेका पदाधिकारी र स्थायी कमिटी सबै परेका छन् भने अन्य चारजना थपिएका छन् ।

तत्कालीन एमालेबाट स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल स्वतः परेका छन् । उनीहरु हाईकमाण्डमा पनि छन् ।

त्यस्तै, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेकपाको स्थायी कमिटीमा परेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल स्वतः स्थायी कमिटी सदस्य भएका छन् ।

थपिएका चारजनामा रघुजि पन्त, विष्णु रिमाल, वेदुराम भुसाल र रघुवीर महासेठ छन् । यसअघि स्थायी कमिटीमा पदेन सदस्य रहेका अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल र सोमनाथ प्यासी नेकपामा स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment