Comments Add Comment

प्रदेश सरकारका १०० दिन:  न हाँसको चाल न कुखुराको

सरकार भनेको मन्त्रीले झण्डा हल्लाएर ओहोरदोहोर गर्नु मात्रै हो ?

१३ जेठ, बुटवल । प्रदेश ५ को सय दिनको काममा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् भने प्रतिपक्षी सांसद तथा व्यवसायीहरूले बिरोध गरेका छन् ।

बटवलमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कार्यको नागरिकले प्रत्यक्ष अनुभूति गर्न नपाएको बताए ।

कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले सरकारले पाइला नै नचालेको बताए । प्रदेश सरकारले भएको पैसा खर्च गर्न नसकिरहेको अवस्थामा सरकारबाट अन्य आशा गर्न नसकिने बताए ।

उनले सरकारले केही गर्ने अवस्थामा प्रतिपक्षिलाई कुनै बेलामा पनि नसोधिएको बताउँदै मनपरि ढंगले अगाडि बढिरहेको बताए ।

राम्रो काम गरे सरकारलाइ साथ दिन आफुहरु तयार रहेको बताउँदै सरकार एकलौटी ढंगले अगाडि बढेको बताए ।

उनले सरकार तानासाहीढंगबाट अगाडि बढ्न खोजेमा आफूहरु जुनसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

प्रतिपक्षले काम नगरेको भन्ने गुनासोमा उनले भने -‘खबरदारी हुन्छ,हामीले गरिरहेका छौँ, लौरो लिएर पिट्न जान त कुरा भएन नि ।’

कार्यक्रमम बोल्दै सांसद भुमिश्वर ढकालले १ सय दिनमा नै बिरोध गर्नु बिरोधको लागि बिरोध मात्र रहेको बताए ।

उनले अरुको बिरोध नगरी आफ्ना कुरा नराख्ने दरिद्र मानसिकता सबैले त्याग्नुपर्ने बताए । उनले सरकार शुन्यबाट शुरु गरेको बताउँदै बस्ने स्थान र मन्त्रालयको समेत सरकार आएपश्चात नै खोजेको बताउँदै कामको मुल्याङ्कन गर्नु उचित समय नभएको बताए ।

सरकारका ८ बिधेयक पेश मध्य ४ पास, ४ पाइपलाइनमा रहेको बताउँदै आफूहरु बिकासको अबधारणा तयार गरिराखेको बताए ।

श्रोत साधन र पूर्वाधारका कारणले केहि कमी भएको स्वीकार्दै अब कार्यलाई तीब्रता दिने बताए । उनले जेठ २० देखि नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने बताए ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका सांसद सहश्रराम यादबले सरकार निर्माणको १ सद दिन पुग्दासम्म सरकारलाई पूर्णता दिन नसक्नुसमेत कमजोरी रहेको बताए ।

राजधानीको नाम राख्नको लागि तयार समेत नगर्नु नै लाचारीपना भएको बताए । न्युनतम समयका सजिला काम गर्न सरकारले सक्ने भएपनि सरकारले नगरेको बताए । एकलौटी र केन्द्रित शासन मात्रै भएको बताउँदै उनले यो कार्य सुधार गर्नुपर्ने माग राखे ।

पूर्वसांसद बिनोद पहाडीले प्रदेश सरकारले पाइला नचालेको बताउँदै सबैभन्दा बढी अबसर रहेको यस प्रदेशमा सुरक्षा,महंगी नियन्त्रण लगायतका काममा सरकाल ठोस कदम नचालेको आरोप लगाए ।

राजनीतिक बिश्लेषक दिल शाहानीले नेपालमा कम्युनिष्टको सरकार बनेको नभई नाम कम्युनिष्ट गरेर दलाल पुजिबादीको सरकार बनेको बताए । अहिलेको सरकार बिदेशी शक्तीको आर्शिबादमा चल्ने दलाल शक्तिको सरकार भएको आरोप लगाए ।

समृद्धिको नारा बकबास भएको बताउँदै युवाशक्ति बिदेश हुँदा यसले देश समृद्व नहुने धारण राखे ।

प्राध्यापक सुर्दशन नेपालले सरकारका नीति राम्रा भएको बताउँदै कार्यान्वयन नभएको बताए । मुहान संलो भए पो पानी संलो आउने बताउँदै केन्द्र सरकारनै गोलमोल भएकाले प्रदेश सरकार पनि सक्षम नभएको बताए ।

राज्यको अनुभूत जनतालाई हुन नसकेको बताउँदै नारामा मात्र नभइ ब्यवहार उतार्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले केही अबधारणामा सरकार स्खलित भएको बताउँदै, श्रमिक, ब्यबसायी, नागरिकले आफ्नो पक्षमा काम गर्यो भन्ने नदेखिएको बताए । शुरुको आशा क्रमश निराशामा परिणत भएको उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देही निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले सरकारको अनुभूति जनताले प्रतक्ष रुपमा गर्न नपाएको बताए ।

सरकार भनेको मन्त्रीले झण्डा हल्लाएर ओहोरदोहोर गर्नुमात्रै हो ?

उद्योग वाणिज्य संघ बुटवलका बाणिज्य उपाध्यक्ष हरि अर्यालले सुशासन र सुब्यबस्था आएको अनुभूति हुने कार्य प्रदेश सरकारले नगरेको बताए ।

सरकारले शब्दमा सबै गरेको तर काम नगरेको बताए । ‘मन्त्रीले झण्डा हल्लाएर मात्रै सरकार बनेको आभाष हुने हो’ उनले भने ।

लगानी मैत्री,ब्यबसाय मैत्री मार्गचित्र नआउँदा ब्यवसायीहरु सधै त्रासमय वातावरणमा रहनु पर्ने बताए । कार्यक्रम क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको हो ।

०७४ फागुन ३ गते प्रदेश ५ मा सरकार गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment