Comments Add Comment

भरतपुर विमानस्थलमा यति एयरको विमान आकस्मिक अवतरण


१३, जेठ, चितवन । चरा ठोक्किएपछि यति एयरलाइन्सको विमान भरतपुर विमास्थलमा आकस्मिक अवतरण गरिएको छ ।

भरतपुरबाट काठमाडौंका लागि उडेको यति एयरको जेट स्टिम विमानमा अपरान्ह ४ बजेर १० मिनेट चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलले जनाएको छ ।

उडेको केही क्षणमा नै जहाजमा भरतपुर रिजालचोकमाथि पुग्दा भगेरो चरा इन्जिनमै पसेपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए ।

यति एयरलाइन्सको नाइन एन एआइएस कल साइनको जहाजमा २२ जना यात्रु थिए । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन् ।

समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरुलाई अर्को जहाज झिकाएर काठमाडौं पठाइएको सिंहले जानकारी दिए । चरा ठोक्किएको जहाज परीक्षणका लागि काठमाडौंबाट इन्जिनियरहरु आएका छन् ।

परीक्षण गरेपछि तत्काल उडाउन गर्न सकिने कि नसकिने भन्ने यकिन हुने सिंहले बताए । यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment