Comments Add Comment

को हौ, को हौ ? को  रेकर्डिङ दुबईमा, छायांकन काठमाडौंमा

 १८ जेठ, यूएई । दुबईमा रेकर्डिङ भएको को हौ, को हौ ? गीतको छायांकन काठमाडौंमा भएको छ ।

संगीक्षा फिल्म प्रालि र नमस्ते ट्राभल दुबईको संयोजनमा गत वर्षको डिसेम्बरमा आयोजित म्युजिक भिडियो अवार्डमा उत्कृष्ट  मेल र फिमेल विधामा पुरस्कृत गायिका रेखा घिमिरे र गायक नन्दु राईको स्वर रहेको उक्त गितको  गीतको भिडियोको छायांकन काठमाडौंमा छायांकन गरिएको हो ।

यसको भिडियोमा यूएईमै श्रमरत नेपाली कलाकार कुशल बुचाले अभिनय गरेका छन् भने उनलाई साथ दिएकी छन् श्रृष्टि खडकाले ।

यो गीतको कोरियोग्राफी रोहित बस्नेत र रोसेल थापाले गरेका हुन । निकै लामो मिहिनेत र तयारीपछि बजारमा आउन लागेको यो गीत दोश्रो म्युजिक भिडियो अवार्ड-२०१७ मा उत्कृष्ट गायक र गायिकाले आयोजकको तर्फबाट उपहार स्वरुप पाएका हुन् ।

गायक राईकै शब्द रचना र संगीत रहेको यस गितको गित एरेन्ज मोहित मुनालले गरेका हुन । मिक्सिङ किरण श्रेष्ठले गरेको यो गीतको दुबईको करामास्थित स्टुडियो नाइनमा गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा करिब १ दसक यूएईमा रहेका गायक राई यसै वर्ष काठमाडौंमा बसि नेपाली संगीतको क्षेत्रमा क्रियाशील छन् ।

धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक तथा संगीतकार पनि हुन । यसअघि ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान, आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा, झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ आइ लभ यु’ चरम चरम काँक्री’ बोलका गितहरु सार्वजनिक गरिसकेका छन् ।

मोरङ घर भएकी गायिका रेखा घिमिरे यूएईको नेपाली सांगीतिक क्षेत्रमा सुपरिचित छिन । रेखा नामको एल्बम सार्वजनिक गरिसकेकी गायिका घिमिरेले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूएईकि अध्यक्ष समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment