Comments Add Comment

वीरगञ्जमा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

२० जेठ, वीरगञ्ज । वीरगञ्जमा प्रदेश २ को अन्तर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०७५ सुरु भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा सुरु भएको प्रतियोगिताको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दिले छेलो फालेर उद्घाटन गरेका थिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता २ दिनसम्म चल्नेछ ।

प्रतियोगितामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र सप्तरी गरी प्रदेश नं २ को ८ जिल्लाका ६ सय खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

२ दिन चल्ने यस प्रतियोगितामा दौड, उस्सु, लंगजम्प, हाइजम्प, भलिबल लगायतका १९ वटा खेलहरु समावेश गरिएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment