Comments Add Comment

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी र एपीएफ क्लब भिड्ने भएका छन् ।

शनिबार वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफले आर्मीसँग उपाधि भिडन्त पक्का गरेको हो ।

प्रदेश ५ लाई हराउँदै आर्मी फाइनलमा पुगिसकेको छ । एपीएफ र आर्मीबीचको फाइनल खेल सोमबार त्रिवि मैदानमा हुनेछ ।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । उसका अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजवंशीले २ तथा आरिफ शेख र सुशील कंडेलले १-१ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको पुलिसले १४.४ ओभरमा २ विकेट गुमाएर ५९ रन बनाउँदा पानी पर्‍यो र खेल रोकियो ।

करिव डेढ घण्टा ढिला गरी पुनः सुरु गरिएको खेल २८ ओभरमा छोट्याइयो र पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो । तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सक्यो ।

पुलिसका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौं नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेलले बनाएको ३० रन नै पुलिसका ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो ।

पुलिसका लागि ओपनर सुनील धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३ तथा कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १-१ विकेट लिए । रौतेला खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०-५० हजार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment