Comments Add Comment

आईसेकद्वारा आयोजित ‘याक्सन फर एसडीजी’


२७ जेठ, काठमाडौं । नेपाल भरिका २००भन्दा बढी युवाहरु कोकाकोलाले आयोजित कार्यक्रम याक्सन फोर एसडिजीका लागि उपस्थित भएका छन् । यो क्याम्पेन २६ अपि्रलमा ‘कल फर आइडिया’ नामले सार्वजनिक गरिएको थियो । ‘यूथ याक्सनफर ग्लोबल गोल’ थिमलाई मुख्य फोकस गरेर यो क्याम्पेन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा युएन एजेन्सीका प्रतिनिधिको साथमा राष्ट्रिय योजना आयोगका मिनबहादुर शाही, रिनोड मायर कन्टि्र डाइरेक्टर युएनडीपी नेपाल, पुनित भार्सने प्रबन्ध निर्देशक बोटलर्स नेपाल लि, बिनिता कार्की को फाउन्डर २०३० युथफोर्स र आईसेक कन्टि्र डाइरेक्टर नारायण एस उपस्थित थिए ।

आईसेक विश्वका १२० भन्दा बढी मुलुकमा संचालित छ । यसले विश्वब्यापी रुपमा शान्ति र मानवजातिको आवस्यकता पूर्ति गर्न काम गर्दै आइरहेको छ ।

सो कार्यक्रमले युवाहरुलाई विभिन्न प्ल्याटर्फममार्फत प्रेरणा दिनुका साथै उनिहरुलाई आफ्नो विचार र आफुले गरेको कामको स्वामित्व लिन तयार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment