बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

नेपाली कूटनीतिज्ञलाई इजरायलको सुझावः धेरै पिउनूस्, शौचालय जानूस्

'धेरै पिलाउन ओलीले माने, तर नतिजा देखिएन !'

Suzuki
दिवाकर प्याकुरेल

नेपालका लागि इजरायली राजदूत बेनी ओमेर

२९ जेठ, काठमाडौं । विश्व राजनीतिमा इजरायलको स्थान सदैव समस्याग्रस्त नै छ । आफू अस्तित्वमा आएदेखि नै छिमेकी प्यालेस्टाइनसँग निरन्तर युद्धमा छ ऊ । अझ अरब क्षेत्रका अन्य छिमेकीको साथ लागेर प्यालेस्टाइनले संयुक्त राष्ट्र सङ्घमा आफ्ना विरुद्ध विभिन्न प्रस्ताव लैजाँदा जेरुसेलमको ज्वरो बढ्ने नै भयो । झन् यस्ता प्रस्तावमा मतदान हुँदा असंलग्न राष्ट्र मानिने नेपाल लगायतले पनि आफूलाई साथ नदिँदा इजरायललाई कस्तो लाग्दो हो ?

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५८ वर्ष पूरा भएको सन्दर्भमा अनलाइनखबरले गत हप्ता नेपालका लागि इजरायली राजदूत बेनी ओमेरसँग कुरा गर्दा उनले पनि यस्तै सन्दर्भको एउटा घटना सुनाए ।

नेपाललाई आफ्नो पक्षमा मतदान गर्न नसके मतदान बहिष्कार गर्न वा गयल हुन गरिएको आग्रह कार्यान्वयन नभएकोमा राजदूत ओमेरको गुनासो थियो ।

“हामीबीचको द्वीपक्षीय सम्बन्ध एकदमै राम्रो छ । एकअर्कालाई हेर्ने दृष्टिकोण समान छ । तर एउटा कुराले हामीलाई चिन्तित बनाएको छ,” ओमेर भन्छन्, “हाम्रो द्वीपक्षीय सम्बन्धको सकारात्मकता बहुपक्षीय स्तरमा, अर्थात् राष्ट्रसङ्घमा देखिँदैन ।”

ओमेर बताउँछन् कि उनको देश नेपालले प्यालेस्टाइन लगायत अन्य अरब देशको पक्षमा मतदान गरोस् भन्ने कहिल्यै चाँहदैन । त्यसको विपक्षमा मतदान गरोस् भन्ने चाहना त छ, तर नेपालको अन्य राष्ट्रसँग पनि उत्तिकै सौहार्दपूर्ण सम्बन्ध भएको अवस्थामा यसलाई यसो भनिहाल्न मिल्दैन । अर्थात्, नेपालका अगाडि रहेका पक्ष र विपक्षका दुबै सिधा विकल्प इजरायलसँगको सन्तुलित सम्बन्धका लागि अनुपयुक्त भएको कुरामा राजदूतको पनि सहमति छ ।

त्यसो भए काठमाडौँका लागि बाँकी दुई विकल्प भनेका मतदान बहिष्कार गर्नु र गयल हुनु हुन् । मतदान स्थलमा उपस्थित भएर बहिष्कार गर्दा त्यति शोभनीय नहुने कुराको पनि राजदूतलाई हेक्का छ । त्यसैले उनको सुझाव छ नेपाली अधिकारी मतदानका बेला गयल बसून् ।

तर, मतदानमा गयल बस्नका लागि उनले दिएको सुझाव भने अलिक रमाइलै छ । “मतदान चल्दै गर्दा बाहिर गइदिनुहोस् न । सजिलै छ त । हामी मान्छे हौँ, हामी पिउँछौँ,” पानी कि मदिरा भन्ने कुरा यी कूटनीतिज्ञको कुटिल उत्तरमा खुल्दैन, “त्यसपछि त हामी शौचालय जान परिहाल्छ । पिउनूस्, शौचालय जानूस्, अरू मतदान गर्दै बसून्, भोटिङ् सकिएपछि तपाईँ र्फकनुहोस् । यो सम्भव छैन र ?”

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दा आफूले यही सुझाव दिएको र आफ्नो कुरामा ओली पनि सहमत भएको उनको दाबी छ । “तपाईँको प्रधानमन्त्रीले पनि भन्नुभयो कि हो हामीले हाम्रा कूटनीतिज्ञलाई अबदेखि धेरै पिउन प्रेरित गर्नुपर्छ ता कि मतदानका बेला चित्तबुझ््दो कारण देखाएर गयल हुन सकियोस् । यसो भयो भने कसैले पनि नेपालबारे गुनासो गर्नेछैन ।”

आफूले नेपालका परराष्ट्र अधिकारीलाई पनि बारम्बार यो सुझाव दिए पनि त्यसको नतिजा आजसम्म नदेखिएको उनको गुनासो छ । गत चैत महिनाको पहिलो हप्तामा एक इजरायली टोलीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागीलाई भेटेर सौहार्दपूर्ण कुराकानी गरेको दुई दिनमै जेनेभामा भएको एक राष्ट्रसङ्घीय मतदानमा नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि आफू आश्चर्यमा परेको उनी बताउँछन् ।

“सबै त म भन्दिनँ तर राष्ट्र सङ्घमा अरब क्याम्पले हाम्रा विरुद्ध लैजाने प्रस्तावमा मतदान हुँदा नेपाल प्रायजसो अरब क्याम्पकै साथ लाग्ने गरेको छ । यो दुर्भाग्यपूर्ण छ । यस्तो किन हुन्छ नेपालको एक असल मित्रका रूपमा हामी कहिल्यै बुझ्दैनौँ,” ओमेरको गुनासो छ, “तपाईँको सरकारले त तटस्थता र असंलग्नतालाई आफ्नो परराष्ट्र नीति मानेको वर्षौं भइसकेको छ नि ।”

त्यसभन्दा बाहेक अन्य पक्षमा भने नेपाल र इजरायलबीचको सम्बन्धबाट आफू पूर्ण सन्तुष्ट रहेको राजदूत बताउँछन् ।

संवत् २०१७ जेठमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइराला र उनका इजरायली समकक्षी डेबिड बेनग्युरियनको दूरदर्शी दृष्टिकोण तथा आकर्षक व्यक्तित्वका कारण स्थापित द्विपक्षीय सम्बन्ध सदैव सकारात्मक रहेको उनको भनाइ छ । इजरायलले नेपालको कृषि लगायत विविध क्षेत्रको विकासमा निरन्तर योगदान गरेको दाबी गर्दै उनी अब नेपालमा स्थिर सरकार बनेकाले सहकार्य अझ मजबुत हुने पनि बताउँछन् ।

तर पनि उनी जिस्किन र जिस्काउन छाड्दैनन्, “हुन त यो कुरा तपाईँको देशले युएनमा कसरी मतदान गर्छ भन्ने कुरामा निर्भर हुन्छ । तपाईँ के दिनुहुन्छ र के पाउनुहुन्छ भन्ने कुराबीच आपसी सामञ्जस्य खोजिनु स्वाभाविक छ ।”

ओमेरसँगको पूरा अन्तर्वार्ता पढ्नुहोस्

२०७५ जेठ २९ गते १९:३९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • devendra लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते ११:५५

    Sittaima paye alkatra pani naxodne prati daro bengya…

    14
    1
    Share

  • Kopil Dahal लेख्नुहुन्छ    |   २०७५ जेठ २९ गते २३:४६

    इजरायली राजदूतको भनाई कूटनीतिक मर्यादा विपरित छ । परराष्ट्र मन्त्रालयले तत्कालै ती राजदूतलाई बोलाएर स्पष्टिकरण माग्नुपर्दछ । नेपालले असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको छ । साथै नेपाल आणविक निसस्त्रीकरण तथा आणविक हतियारको पूर्ण निषेधका पक्षमा रहँदै आएको छ । जबकी इजरायलले आणविक अप्रसार सन्धीमा हस्तास्क्षर गर्न अस्विकार गर्नुका साथै आणविक हतियार राखेको मुलुक पनि हो । अमेरिका लगायतका शक्ति राष्ट्रको आडमा इजरायलले आम तेश्रो विश्वका मुलुकहरुको मान्यता विपरित रही राख्ने प्रस्तावहरुको पक्षमा नेपाल कहिल्यै हुनसक्दैन । अन्तराष्ट्रिय कूटनीतिमा नेपालको आफ्नै अस्तित्व छ । बहुराष्ट्रिय फोरमहरुमा मतदान हुने महत्वपूर्ण समयमा गयल हुनका लागि पानी खाएर मुत्न जाउ भनेर कुनै विदेशी राजदूतले आदेश दिनु हाम्रो सार्वभौमसत्ताको विरुद्धमा छ ।

    14
    6
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १४:०३

    के गर्ने त हजुर, नेपालको राजनैतिक हस्तीहरुको हैसियत नै गतिलो भए पो यस्तो फजुल कुरा गर्न पनि डराउछन् त …आफु बलियो भए छिमेकीले कहिले हेप्ने हिम्मत गर्दैनन् |

    1
    1
    Share

  • Ma Isreal maa kaam grchu लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १४:३६

    In Nepal , Bahun is not Nepali, Bahun is by muslims root . Therefore ,Bahun choose and supports to muslims . Bahun, always will support to muslims because Bahun was come by muslims roots . And Bahun has not religion .

    5
    17
    Share

  • Sanjay Kumar Yadav लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १७:१०

    Arab ma lakhau Nepali haru laie samsya ma pardain ? UN ma anti ARBA bhayo bhane ?

    3
    1
    Share

  • Som Limbu लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १९:०१

    sara arab le, europe le, afriki desh harule, Asia ka pani dherai deshharu le Israel ko bipakshya ma matadan gareko bela Nepal le samarthan ma matadan gareko bhaye ramro hunethiyo.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this