Comments Add Comment

गलत भर्ना प्रक्रियाले कर्मचारीतन्त्रमा स्थायी खराबी भित्रियो : अध्यक्ष मैनाली

तस्वीर : रासस

१ असार, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् ।

उनले यसलाई मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिएका छन् । मुलुक परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनु लोकसेवा आयोगको चुनौती भन्दै उनले यसका लागि औसत नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने धारणा राखे ।

आयोगको ६८ औं वाषिर्कोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा परिवर्तित सन्र्दभमा आयोगलाई आमूल परिर्वतन गर्न नसकिएको स्वीकार गरे । उनले आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगमनतर्फ पाइला चाल्न नसकेको बताए ।

आक्रामक प्रवर्तनद्धारा आमूल परिर्वतन गरी अगुवा संस्था हुन नसके पनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भइरहेको उनको भनाइ छ । तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब राजपत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दे अध्यक्ष मैनालीले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए ।

अनलाइन दरखास्त, मोबाइल एप्स लगायतका प्रविधि प्रयोग भइरहेको भन्दै उनले आउँदो साउनदेखि अनलाइन भुक्तानी प्रणाली पनि सुरु गर्ने जानकारी गराए ।

नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै उनले आयोग सम्बन्धी विधेयक चाडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment