Comments Add Comment

श्रीलंकाका सबै मुस्लिम मन्त्रीले दिए राजीनामा

काठमाडौं । एक बौद्ध भिक्षुको आमरण अनसनलाई लिएर श्रीलंकामा सबै मुस्लिम मन्त्रीले राजीनामा दिएका छन् ।

बौद्ध भिक्षु रतना थिरो एक मुस्लिम मन्त्री र एक गभर्नरको राजीनामा माग गर्दै आमरण अनसनमा छन् । उनी प्रधानमन्त्री रनिल विक्रमासिंघेको पार्टी यूएनपीका सांसद पनि हुन् ।

श्रीलंकामा अप्रिलमा इस्टर सन्डेको दिन चर्च र होटललाई निशाना बनाएर श्रृखलावद्ध विस्फोट भएको थियो । यो घटनापछि श्रीलंकामा केही मुस्लिम संगठनमाथि प्रश्न उठेको थियो । शुक्रबार भिक्षु रतना थिरोले मन्त्री रिशाद बाथिउद्दीन र गभर्नर एएलएएम हिज्जबुल्लाहको राजीनामा माग गर्दै आमरण अनसन थाले ।

थिरो र केही कट्टर बौद्ध संगठनले मुस्लिक नेताहरमाथि इस्टर सेन्डको संदिग्धसँग सम्बन्ध भएको आरोप लगाएका थिए र राजीनामा मागेका थिए । यद्यपि मुस्लिम मन्त्री र संगठनहरुले यो आरोप निराधार भएको भन्दै खण्डन गर्दै आएका थिए ।

थिरो र बौद्ध संगठनको माग छ कि मन्त्री र गभर्नरमाथि छानविन होस् । यही माग राखेर थिरो अनसनमा बसेपछि विभिन्न ठाउँमा ठूलो संख्यामा प्रदर्शन भएको छ ।

सोमबार नै दुई मुस्लिम गभर्नर अजत सैली र हिज्बुल्लाहले राजीनामा दिएका छन् । उनीहरुको राजीनामा राष्ट्रपति सिरीसेना मैत्रिपालले स्वीकार गरेका छन् ।

लगतै केन्द्रीय मन्त्रिमण्डलमा रहेका सबै मुस्लिम मन्त्री, उपमन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment