Comments Add Comment

अर्थमन्त्रीलाई प्रदीप गिरीको सुझाव : बजेटबाट समाजवाद शब्द हटाउनुस्

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले आगामी आर्थिक वर्षको बजेटलाई समाजवाद उन्मुख भन्न नसकिने भन्दै बजेटबाट उक्त शब्द हटाउन अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

सोमबार बजेट छलफलमा भाग लिँदै उनले समाजवाद त्यति सजिलै प्राप्त हुने चिज नभएको भन्दै वृद्धभत्ता बढाएर मात्र समाजवाद नआउने नभएको टिप्पणी गरे ।

अर्थमन्त्रीले बजेटमा उल्लेख गरेको ‘सभ्यताको मानक सुविधायुक्त शहर बनाइनेछ’ भन्ने वाक्यांशमाथि टिप्पणी गर्दै सांसद गिरीले शहरलाई सुविधायुक्त बनाएरमात्र समाजवाद नआउने बताए । ‘आधुनिक सभ्यताको मानक सुविधायुक्त गाउँ हो कि शहर ?

गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ? गाउँलाई सुविधायुक्त बनाउनु आजको चुनौती हो कि होइन ?’ उनले प्रश्न गरे ।

गिरीले अगाडि भने ‘म यस बजेटका लेखकलाई बिन्ती गर्न चाहन्छु । या त शहरका ठाउँमा गाउँ लेख्नुस् । या त समाजवाद उन्मुख लेख्ने पाखण्ड नर्गनुस् ।’

उनले अहिलेको बजेटलाई समाजवादी भन्न नमिल्ने भन्दै बजेटमा त्यस्ता शब्द राख्नु उचित नहुने पनि बताए । ‘अर्थमन्त्रीलाई एउटै कुरा भन्न चाहन्छु, एउटा विशाल खाल्डो दुई फड्कोमा पार गर्न गरिँदैन । दुई फड्कोमा पार गर्ने मान्छे आफैँ भासिन्छ’ गिरीले भने ‘त्यसकारण आफ्नो विचार स्पष्ट गर्नुस् । आफु सम्बद्ध रहेको पार्टीको विचार स्पष्ट गराउनुस् । आफ्ना नेताको विचार स्पष्ट गराउनुस् । विचार के हो ?’

‘हामी जता गए पनि समाजवादतर्फ गरिरहेका छैनौं । समाजवाद भनेको अर्कै कुरा हो ।’ गिरीले भने ।

सरकारी तलब भत्ता खाने शिक्षकका कर्मचारी निजीमा जानबाट रोक्न नसक्ने, स्वास्थ्यकर्मीलाई हाजिर गराउन नसक्ने, कृषिको सहुलियत विचौलियाले खाने देशमा वृद्धभत्ता बढाउँदैमा समाजवाद नआउने गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment