Comments Add Comment

ओली र प्रचण्डको छलफल सकारात्मक, माधव नेपाललाई बालुवाटार बोलाइयो

२० जेठ, काठमाडौं । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको छ । जिल्ला  इञ्चार्ज र सह–इञ्चार्ज दुबैमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुनेछ ।

दुई अध्यक्षले तयार पारेको सूचीमाथि थप छलफलका लागि मंगलबार बिहान साढे ७ बजे माधव नेपाललाई बालुवाटारमा बोलाइएको स्रोतले अनलाइनखबरलाई बतायो ।
मंगलबार बिहान तीन शीर्ष नेतावीच छलफल हुने र अपरान्ह ३ बजेपछि नेकपाको सचिवालय बैठक बस्ने बताइएको छ । सचिवालय बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जहरुको नाम अनुमोदन गर्ने छ ।

जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाममा अध्यक्षवीच मोटामोटी सहमति जुटे पनि केन्द्रीय विभागहरुका विषयमा भने छलफल बाँकी रहेको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो ।

पछिल्लो समयमा विभाग र जिल्ला इञ्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुईपटक सरिसकेको छ । शनिबार बोलाइएको बैठक सोमबारलाई सारिएको थियो । सोमबारको बैठक मंगलबार अपरान्ह सारिएको छ ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच आन्तरिक गृहकार्य नसकिएकाले बैठक मंगलबारसम्म सरेको हो । दुई अध्यक्षले आइतबार पनि बालुवाटारमा आपसी छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment