News Summary
Generated by OK AI. Editorially reviewed.- विजया दशमीका दिन बिहान १०:२६ बजेको साइतमा टीका र जमरा लगाएपछि सर्वसाधारण बसन्तपुर पुगेर घुमफिर गरेका छन्।
- बसन्तपुरमा परिवार र साथीभाइसँग आएका सर्वसाधारणले तस्वीर खिच्दै दसैँको रमझममा समय बिताएका छन्।
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिनभर टीका र जमरा ग्रहण गर्न सकिने र क्रम पूर्णिमासम्म रहने जनाएको छ।
४ कात्तिक, काठमाडौं । विजया दशमीका दिन आज काठमाडौंको बसन्तपुरमा टीका लगाएर घुम्न आउने सर्वसाधारणको चहलपहल बढेको छ ।
बिहान १०:२६ बजेको उत्तम साइतमा मान्यजनबाट टीका र जमरा लगाएपछि कतिपय सर्वसाधारण परिवारसहित बसन्तपुर पुगेका छन् । दसैँको टीका लगाएर आफन्तकहाँ जाने र नजिकका मठमन्दिर तथा पर्यटकीय स्थल घुम्ने क्रममा बसन्तपुर पुग्नेहरू बढेका हुन् ।
बसन्तपुरमा परिवार र साथीभाइसँगै आएका सर्वसाधारणले दसैँको रमझममा समय बिताइरहेका छन् । टीका र जमरा लगाएर घुम्न निस्किएकाहरूले बसन्तपुर क्षेत्रमा तस्वीर खिचाउने र रमाइलो गर्ने गरेका छन् ।
आज दुर्गापक्षको मुख्य दिन विजया दशमीमा मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १०ः२६ बजेलाई टीका लगाउने उत्तम साइत तोकेको थियो ।
विजया दशमी आफैँमा शुभ दिन भएकाले साइतमा टीका लगाउन नभ्याउनेले दिनभर मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्ने समितिले जनाएको छ । दसैँको टीका लगाउने क्रम आजदेखि पूर्णिमासम्म जारी रहनेछ ।











प्रतिक्रिया 4