+
+
Shares

फिफा यू-१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते १५:४७

४ कात्तिक, काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल खेल्ने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

फेस्टिभलमा नेपालले समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल शनिबार ट्युनिसियासँग खेल्ने तालिका छ । आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ ।उक्त फेस्टिभलमा १९२ देशले सहभागिता जनाएका छन् ।

नेपाली टोली

गोलकिपर : रोमान ब्लोन र रोजेश ओझा

डिफेन्डर : मदन तामाङ, प्रनिश राई, सुरज बराइली र सुजित लोप्चन तामाङ

मिडफिल्डर : अर्जुन मगर र सन्दिप श्रेष्ठ

फरवार्ड : सुनिल दमाइ, आर्यन नेगी तामाङ, मनिष परियार, समर्पण बिक, लेखिस हाङ गुरुङ र उत्कृष्ट चौहान

मुख्य प्रशिक्षक : भीम लामा

सहायक प्रशिक्षकः हेम गुरुङ

गोलकिपर प्रशिक्षकः मुकुन्द थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?