+
+
Shares

रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १८:५२

२० जेठ, चितवन । रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमारथापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जानकारी दिए । जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ छन् ।

प्रहरी निरीक्षक थापाका अनुसार मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको हो ।

डोजर काण्डका मूख्य अभियोगी प्रकाश कँण्डेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके भने हिरासतमै छन् ।

जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । अभियोग प्रमाणित भए तीन बर्ष जेल, ३० हजार जरिवाना र क्षतिपूर्ति भराउने सजाय हुनेछ ।

रंगशाला निर्माणस्थल वरपरका केही स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?