Comments Add Comment

उरुग्वे भर्सेस इजिप्ट : रसियाको खेलले दबाब, खेल्लान् सलाह ?

१ असार, काठमाडौं । विश्वकपमा नेपाली समयअनुसार शुक्रबार बेलुका पौने ६ बजे समूह ‘ए’ का उरुग्वे र इजिप्टबीच खेल हुँदैछ ।

पहिलो खेलमा रसियाले साउदी अरेबियालाई ५-० ले हराएपछि अर्को चरणको सम्भावनाबारे भिन्न आँकलन हुन थालेका छन् ।

फिफा वरियतालाई हेरेर ७० औं स्थानमा रहेको रसियालाई कमजोर सोचिए पनि घरेलु मैदानमा उसको उत्कृष्ट गोलले उरुग्वे र इजिप्टमाथि दबाब बनेको छ ।

सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्ट यो पटक लयमा देखिएको छ । स्टार खेलाडी मोहम्मद सलाहका कारण पनि चर्चामा रहेको इजिप्टको अघिल्लो चरणमा जाने सम्भावना पनि बलियो छ ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताएका छन् ।

‘उनी पहिलो खेलमै खेल्न सक्छन् भन्नेमा म लगभग विश्वस्त छु । केही अप्रत्याशित परिस्थिति आएन भने उनी उरुग्वेविरुद्ध खेल्ने छन्’ कुपरले भने, ‘सलाहले निकै राम्रो गर्ने छन् । जटिल समस्या पनि निकै छिटो गरेर ठीक भयो ।’

उनले सलाह उत्कृष्ट रहेको र उनी मैदान र्फकने विश्वास गरिरहेका बेला आफूहरु सलाहमा मात्रै निर्भर हुन नहुने पनि बताए ।

अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । फिफा वरियतामा ४५ औं स्थानमा रहेको इजिप्टको यसअघिका विश्वकपको नतिजा भने सम्झनलायक छैन ।

उता उरुग्वेको विश्वकपमा आफ्नै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । यसपटक अनुभवी खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो छ ।

डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज इजिप्टका लागि प्रमुख चुनौती हुन् ।

सन् १९७० पछि विश्वकपको आˆनो पहिलो खेलमा उरुग्वे विजयी भएको छैन । ४८ वर्षको यो समयमा उरुग्वेले विश्वकपको आˆनो पहिलो तीन खेल बराबरी खेलेको छ । तीन खेल हारेको छ ।

सम्भावित सुरुवाती ११

इजिप्ट – मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, मोहम्मद हसन, अब्दुल्लाह सइद, रामादन सोब्ही, मरवान मोहसेन

उरुग्वे – फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जस मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, रोर्डिगो बेन्टानकर, जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment