Comments Add Comment

नयाँ शक्तिबाट अलग भए केशव दाहाल

२ असार, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता केशव दाहाल पार्टीबाट अलग भएका छन् । उनले पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ ।

दाहालसँगै देवी ओझा पनि नयाँ शक्तिबाट अलग भएका छन् ।

दाहालले आफ्नो फेसबुक पेजमार्फत नयाँ शक्ति पार्टीबाट विधिवत रुपमा अलग भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्- नयाँ शक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ । पार्टी स्थापनादेखि निरन्तर रुपमा केन्द्रीय सचिवालय रही काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

दाहालले ०६४ सालमा ‘वैकल्पिक विचार मञ्च’ गठन गरेका थिए । बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेपछि दाहाल त्यसमै आवद्ध भएका थिए ।

नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य रहेका उनी पछिल्लो समय पार्टीको निर्णय र नेतृत्वप्रति असन्तुष्ट थिए ।

उनले आगामी दिनमा ‘वैकल्पिक, सफा र अझ सुन्दर राजनीतिको अभियान’ जारी रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment