Comments Add Comment

अमेरिकामा तेलगु अभिनेत्रीहरु संलग्न ‘सेक्स र्‍याकेट’

३ असार, काठमाडौं । अमेरिकी प्रहरीले तेलगु सिनेमासँग जोडिएका अभिनेत्री र कलाकारहरु संलग्न एक सेक्स र्‍याकेटको बारेमा खुलासा गरेको छ ।

यसको केन्द्र सिकागो शहरमा रहेको र एक तेलगु जोडीलाई र्‍याकेट चलाएको आरोपमा पक्राउ गरेको अमेरिकी प्रहरीले बताएको छ ।

संघीय प्रहरीका अनुसार अमेरिकामा हुने तेलगु र अन्य साँस्कृतिक कार्यक्रममा भाग लिने नाममा तेलगु सिनेमाका कलाकारहरुलाई बोलाइने र उनीहरुबाट वेश्यावृत्ति गराइने खुलासा भएको छ ।

होमल्याण्ड सेक्युरिटीका स्पेशल एजेन्ट ब्रायन जिनका अनुसार ३४ वर्षीय किसन मोडुगमुडी र्‍याकेटका योजनाकार हुन र उनकी पत्नी चन्द्रकला उनको बिजनेस पार्टनर हुन् ।

अदालतमा प्रहरीले बुझाएको ४२ पृष्ठको रिपोर्टमा सेक्स र्‍याकेटमा संलग्न महिलाहरुको पहिचान खुलाइएको छैन । त्यसमा उनीहरुलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ । प्रहरी अधिकारीहरुले सेक्स र्‍याकेटका पीडित युवतीहरुका साथै केही ग्राहकहरुसँग पनि सोधपुछ गरेको छ ।

प्रहरीले आरोपीको घरबाट केही डायरीहरु र धन्दाको हिसाबकिताब पनि बरामद गरेको छ, जसमा हिरोइन र उनीहरुको ग्राहकको नाम पनि भेटिएको छ ।

यसरी थाहा भयो र्‍याकेटको बारेमा

स्पेशल एजेन्ट ब्रायनका अनुसार २० नोभेम्बर २०१७ मा एक युवती दिल्लीबाट सिकागो विमानस्थलमा उत्रिएकी थिइन् ।

‘ए’ नाम दिइएको ती युवतीको साथमा दिल्लीको अमेरिकी दूतावासबाट जारी भएको बि१/बि२ टुरिस्ट भिसा थियो । युवतीको कागजात अनुसार १८ नोभेम्बर २०१७ मा उनी दक्षिण क्यालिफोर्निया तेलगु एसोसिएसनको तर्फबाट सम्मानित हुनु थियो ।

त्यस्तै दोस्रो कागजातमा उनी क्यालिफोर्नियाको स्टार नाइटमा सहभागी हुने लेखिएको थियो र उनी १० दिन अमेरिका बस्ने जनाइएको थियो ।
१८ नोभेम्बरमा क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुने भनिए पनि युवती दुई दिनपछि मात्रै सिकागो विमानस्थलमा उत्रिएकी थिइन् ।

यसबारे सोधपुछ गर्दा उनले उत्तरी अमेरिकाको तेलगु सोसाइटीको कार्यक्रममा भाग लिन आएको बताउँदै एक चिठी पनि देखाइन् । त्यसमा युवती २५ नोभेम्बरमा इलिनोयको स्क्यामबर्गमा हुने एक सम्मेलनको अतिथी भएको उल्लेख थियो ।

प्रहरीले तेलगु एसोसियसनको अध्यक्षसँग सोधपुछ गर्दा उनले १८ नोभेम्बरमा एसोसिएसनको एक कार्यक्रम त भएको तर, उनीहरुले ती अभिनेत्रीलाई नबोलाएको जानकारी दिए । साथै उनले ती अभिनेत्रीलाई नचिन्ने पनि बताए ।

त्यसपछि प्रहरीले ती युवतीलाई अमेरिका आउनुको खास कारण सोध्दा उनले तेलगु एसोसिएसनको उक्त निमन्त्रणा पत्र भारतमा भेट भएका राजु नामका एक व्यक्तिले दिएको बताइन् ।

युवतीका अनुसार राजुले उनको एयर टिकट र होटलको शुल्क तिरेका थिए र एयरपोर्टमा लिन आउनेवाला थिए । उनले प्रहरीलाई राजुको फोन नम्बर पनि दिइन् ।

अनुसन्धान गर्दै जाँदा प्रहरीले एक इन्टरनेट पोस्ट भेट्टायो जसमा उनीहरुले किशन मोडुगुमडी उर्फ राज चेन्नुपतीले केही फिल्मी कलाकारहरुलाई वेश्यावृत्तिमा सामिल गर्ने र उनले फर्जी भिसामा युवतीहरुलाई अमेरिका बोलाएर उनलाई सेक्स र्‍याकेटमा संलग्न गराउने गरेको लेखिएको थियो ।

दिल्लीबाट आएकी युवतीले दिएको इमेल आइडी र फोन नम्बरबाट उनी किशन मोडुगुमुडी नै राजु भएको पत्ता लाग्यो र प्रहरीले उनको घरको ठेगाना पत्ता लगायो ।

नेवार्क विमानस्थलमा अर्की अभिनेत्री

अध्यागमन अधिकारीहरुले नेवार्क विमानस्थलमा २६ नोभेम्बर २०१७ मा अमेरिका आएकी अर्की युवतीसँग सोधपुछ गरे ।

भिसा कागजातबाट उनी साँस्कृतिक कार्यक्रममा भाग लिन आएको र एक महिना अमेरिका बस्ने थाहा भयो । कागजातमा उनी एक अभिनेत्री भएको र एक कार्यक्रममा सम्मानित अतिथिको रुपमा आएको लेखिएको थियो ।

अभिनेत्रीले उनी राजु गुरुको तर्फबाट आयोजित कार्यक्रममा भाग लिन पेन्सिलभेनिया आएकी र उक्त समयमा उनलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराइएको थियो । उनले आफ्नो रहरले वेश्यावृत्तिमा संलग्न नभएको बताइन ।

पछिल्लो समयमा उनी चन्द्रकला उर्फ विभागको साथ चार अलग अलग शहरमा गएकी थिइन । त्यहाँ ग्राहकहरुलाई उनको कोठामा पठाइन्थ्यो र सिकागोमा उनलाई एक घरमा राखिएको थियो ।

अदालतमा पेश गरिएको रिपोर्टअनुसार पछि ती महिलालाई भिसा दिइएन र नेवार्कबाट उनलाई फिर्ता गरियो ।

अरु पनि कैयौं युवतीहरु उक्त र्‍याकेटबाट पीडित रहेको पाइएको छ । किशनले आफूलाई नामचलेको तेलगु सिनेमाको निर्माता बताए पनि केही सिनेमाको सहनिर्माता रहेको पाइएको छ ।

सन् २०१४ मा उनले अमेरिकाको भिसाको लागि आवेदन दिएका थिए तर, उनले नक्कली कागजात पेश गरेकाले भिसा पाएनन् । तर पछि २०१५ मा भिसा पाएपछि उनी सिकागो आए ।

उनको भिसा २५ अक्टोबर २०१५ सम्म वैध थियो तर उनी फर्किएनन् । यसैगरी उनकी पत्नी चन्द्रकता पनि भिसा सकिए पनि अमेरिका नै बसेकी थिइन ।

किसन र चन्द्रकलालाई प्रहरीले २३ जनवरी २०१७ मै पक्राउ गरेको थियो तर, उनीहरुलाई २३ फेब्रुअरी २०१७ मा जमानतमा रिहा गरिएको थियो ।

प्रहरीले १६ फेब्रुअरी २०१८ मा उनीहरुको घरमा फेरि छापा मारेर त्यहाँबाट ७० वटा कन्डम, नक्कली पीआर, अमेरिका तेलगु एसोसियसनको लेटरप्याड र नक्कली चिठी, भिजिटिङ कार्ड र डायरीहरु र ४ वटा मोवाइल फोन बरामद गर्‍यो र उनीहरुलाई पक्राउ गर्‍यो ।

उनले ग्राहकहरुसँग तेलगु सिनेमाको हिरोइनहरु वा एंकरहरु मिलाइदिने र उनीहरु थोरै दिनको लागि मात्रै अमेरिका बस्ने बताउँथे ।

उनले ग्राहकहरुलाई तेलगु हिरोइन मिलाइदिए बापत एकपटकको १ हजार डलर, २ पटकको २ हजार डलर र टिप्स वापत सय डलर लिने बार्गेनिङ गर्ने गर्थे ।

प्रहरीले ग्राहकहरुसँग पनि कुराकानी गरेर केही जानकारी पनि जम्मा गरेका छन् । यस्ता जानकारीबाट किशन र चन्द्रकला भारतबाट जवान युवतीहरु अमेरिका ल्याइ वेश्यावृत्ति गराइरहेका स्पष्ट हुने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment