Comments Add Comment

डिसहोमको अध्यक्षमा हेमराज ढकाल, सिम टिभी पनि किन्दै

डिसहोम सफल बनाएर देवीप्रकाश विदा भए भट्टचन


२२ असार, काठमाडौं । प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले डिसहोमको सञ्चालकबाट राजीनामा दिएका छन् । योसँगै डिसहोममा नयाँ प्रवन्ध सञ्चालक र अध्यक्ष चुनिएका छन् ।

भट्टचन अब सेयर सदस्यका रुपमा मात्रै डिसहोममा रहने छन् । डिसोहोमले प्रभू समूहको लगानी रहेको मल्टी सर्भिस अपरेटरका रुपमा काम गरिरहेको ‘सिम टिभी’ पनि किनेको छ । तर, अाैपचारिक रूपमा स्वामित्व हस्तान्तरण हुन भने बाँकी छ ।

अब भट्टचनले डीडीटी प्रविधिको प्रभु टिभीमा केन्द्रित हुनेछन् । डिस मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठक भट्टचनले अध्यक्ष तथा संचालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

बैठकले डिसहोमा सीईओ सुदिप आचार्यलाई संचालकमा नियुक्त गरेको छ । संचालकहरुको सर्वसहमतिमा संचालक हेमराज ढकाललाई समितिको अध्यक्षमा र सञ्चालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको हो ।

ढकाल आईएमई समूहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक आचार्य डिसहोमको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी छन् ।

सन् २००९ मा स्थापना भएको डिसहोम नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो ।

यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ भने निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment