Comments Add Comment

कस्तो अवस्थामा विकिनी वाक्सिङ हानीकारक ?

महिलाको शरीर त्यसैपनि कोमल हुन्छ । उनीहरुको प्राइभेट पार्ट उत्तिकै संवेदनसिल । यी अंगका सरसफाईमा ख्याल गरिएन भने जटिल रोगको संक्रमण हुने भय रहन्छ ।

प्राइभेट पार्टको सरसफाईमा विकिनी वाक्सिङ अहिले प्रचलित छ । यो भनेको योनी आसपासका रौंहरु हटाउने हो । यसका लागि अहिले बजारमा अनेकथरी प्रसाधन उपलब्ध छ । हेयर रिमुभरदेखि लेजरसम्म । एक हिसाबले यो राम्रो हो ।

तर, यस्तो अवस्थामा हानिकारक

विकिनी वाक्सका क्रममा अपनाइने कतिपय गतिविधिले उल्टो असर गर्न सक्छ । प्राइभेट पार्टमा सरसफाई गर्दा घाउ चोट लाग्न सक्छ र त्यही मार्फत यौन संचरण रोग लाग्न सक्छ । त्यस्तै विकिनी वाक्सले कहिले काहीँ छाला रातो हुने, छाला उप्किने, सुन्निने, रक्तश्राव हुने भय रहन्छ ।

–   यौनाङ्ग अर्थत प्युविक एरियामा सेभ गर्नु निकै घातक हुनसक्छ ।

–   प्युविक हेयरले मानिसलाइ हर्पिस, वार्टस् लगायतका  विभिन्न यौनजन्य रोगहरुको संक्रमण हुनबाट जोगाउने गर्छ । किनकी उक्त क्षेत्रमा सेभ गरेको खण्डमा उक्त क्षेत्रमा घाउ हुने गर्छ, जसले गर्दा योनीबाट भाइरस सजिलै शरीरमा प्रवेश गर्छ ।

–   एक्जिमा, सोरायसिस लगायतका छाला सम्बन्धि रोग लागेका व्यक्रिहरुले पनि प्युविक एरिया सेभ गर्नबाट बच्नु पर्छ ।

–   व्लेडद्वारा  यौनाङ्गमा रहेको रौ हटाउँदा चोटपटक लाग्ने सम्भावना अधिक हुने गर्छ । साथै सम्भोगका क्रममा दाद, एसटिडी लगायतका संक्रमित रोगको संक्रमण हुने सम्भावना बढ्ने गर्छ ।

के भन्छ सोध ?

एक शोधमा जनाइए अनुसार लगातार तथा असुरक्षित तरीकाले गरिएको वाक्सका कारण प्राइभेट पार्टमा चोट लागी उक्त ठाउँमा व्याक्टेरिया एवं भाइरसको संक्रमण हुनसक्दछ । र, यौन संचारित रोग लाग्न सक्छ ।

कसरी सुरक्षित ?

विकिनी वाक्स तबसम्म तबसम्म सुरक्षित मानिन्छ, जबसम्म यसले शरीरमा सानोतिनो चोट लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment