Comments Add Comment

यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार वितरण, को को भए पुरस्कृत ?

२९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले शिक्षा पत्रकारिता पुरस्कार-२०७४ बाट पुरस्कृत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेको छ ।

यसवर्ष ५१ हजार राशीसहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७४’ बाट रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ल सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठकले बुटवल टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई उक्त पुरस्कार दिने निर्णय गरेको थियो ।

यसैगरी ७ प्रदेश र काठमाडौं उपत्यका गरी ८ प्रदेशलाई प्रदान गरिने २० हजार रुपैयाँ राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार-२०७४’ बाट प्रदेश १ का निरोज कोइराला (रेडियो नेपाल/हिमालय टाइम्स-भोजपुर) प्रदेश २ का कृष्ण सिग्देल (राजधानी दैनिक, अनलाइनखबर- बारा) प्रदेश ३ का चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क- काभ्रेपलाञ्चोक) पुरस्कृत भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका पवन पौडेल (दमौली एफएम-तनहुँ), प्रदेश ५ पार्वती पाण्डे (बुद्धदर्पण दैनिक-कपिलवस्तु) कर्णाली  प्रदेशका मेघराज खड्का (कारोबार दैनिक- रुकुम), प्रदेश ७ का गोकर्ण दयाल (गोरखापत्र दैनिक-बैतडी), उपत्यका प्रदेशका चन्द्र बानियाँ (रेडियो नेपाल- काठमाडौं) पनि पुरस्कृत भएका छन् ।

त्यस्तै १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति-२०७४’ बाट प्रदेश १ मा रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक-धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक -मोरङ) प्रदेश २ मा नगेन्द्रकुमार कर्ण (गोरखापत्र दैनिक-महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह (जनकपुर टुडे-धनुषा) प्रदेश ३ मा मन्दिरा थापा (नेपाल टेलिभिजन-दोलखा) र मनोज थापा (अर्थ नेपाल डटकम-नुवाकोट) पुरस्कृत भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशकी शान्ता कमली (नयाँ पत्रिका-लमजुङ) र छविलाल तिवारी (नागरिक दैनिक-पर्वत), प्रदेश ५ कि केशर रोका (अन्नपूर्ण दैनिक-प्यूठान) र तेजेन्द्र केसी (दैनिकपत्र दैनिक-रुपन्देही), कर्णाली प्रदेशका नरजन तामाङ (नयाँ पत्रिका-हुम्ला) र गणेश विक (नागरिक दैनिक-रुकुम) प्रदेश ७ का गगन अएडी (नयाँ पत्रिका दैनिक-बाजुरा) र जगदीश रोकाय (अन्नपूर्ण पोष्ट दैनिक-बझाङ) पुरस्कृत भएका छन् ।

उपत्यका प्रदेशबाट संयुक्त रूपमा नीता सापकोटा (नेपाल टेलिभिजन-काठमाडौं), केशव भुल (सीआइएन-काठमाडौं) र रामु सापकोटा (हिमाल खबर पत्रिका-ललिलपुर) पुरस्कृत भएका छन् ।

उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७४’बाट प्रदेश १ को सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश २ को रेडियो निजगढ (बारा), प्रदेश ३ को रेडियो तिनलाल (रामेछाप), गण्डकी प्रदेशको रेडियो मनासुलु -गोरखा), प्रदेश ५ को रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेशको चंखेली एफएम रेडियो (कालिकोट), प्रदेश ७ को सेती सामुदायिक एफएम (बझाङ) र उपत्यका प्रदेशबाट रेडियो राजधानी (काठमाडौं) पुरस्कृत भएको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिएको छ । टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं), अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन न्युज नेपाल डटकमलाई प्रदान गरिएको छ ।

शिक्षा विभागसंगको सहकार्यमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै शिक्षा जीवन उपयोगी हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment