Comments Add Comment

अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाउने तयारी

३१ असार, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ ।

सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अनौपचारिक सम्वाद गरेका हुन् ।

जुम्लामा आईसीयू नरहेकाले डा. केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने श्रेष्ठको जोड छ । तर, डा. केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् ।

स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा. केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ ।

जुम्लामा १६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।

मुद्दामा आ-आफ्नो अडान कायमै

नेकपाका नेता र डा. केसीका समर्थकहरुबीच अनौपचारिक सम्वाद भएपनि मुख्य मुद्दामा सहमति जुटेको छैन ।

छलफलहरुमा नेकपाका प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा अध्यादेशको हुबहु हुनै नसक्ने बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक सहमति विना चुनावी प्रयोजनका लागि ल्याएको अध्यादेश स्वीकार्य नभएको उनले बताएको स्रोतले जनाएको छ ।

डा. केसीले भने माथेमा प्रतिवेदनअनुसार नै अध्यादेश आएकाले हुबहु हुनु पर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment