Comments Add Comment

अस्ट्रेलियाको विशेष रेडियो प्रशारण सेवामा भानु जयन्ती

सिड्नी । अस्ट्रेलियाको विशेष रेडियो प्रशारण सेवाले आइतबार नेपाली कविहरुका रचना वाचनलाई प्रत्यक्ष प्रशारण गर्ने भएको छ । उत्तर सिड्नीमा अवस्थित आफ्नो प्रशारण केन्द्रमै बोलाएर सिड्नीमा क्रियाशील कविहरुलाई आफ्ना रचना वाचनको विशेष व्यवस्था गरेको एसबीएस नेपाली सेवाका प्रमुख रजिस अर्यालले अनलाइनखबरलाई बताए ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको स्मरणमा आयोजना हुन लागेको उक्त विशेष रचना वाचनमा भीमसेन सापकोटा, सानु घिमिरे, महेश्वर शर्मा, प्रविन टन्डनलगायत कविहरुले रचना वाचन गर्ने उनले बताए ।

प्रवासमा रहेका साहित्यकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया इकाइसँगको सहकार्यमा हुने उक्त रचना वाचन सिड्नीको समय अनुसार साँझको ४:३० देखि ५:०५ सम्म हुनेछ ।

एसबीएसले अस्ट्रेलियाभरि आफ्नो एफएम प्रसारण मार्फत र वेबसाइट तथा फेसबुक पेजबाट विश्वव्यापी तत्काल सदृश्य प्रसारण पनि गर्दैछ ।

(अस्ट्रेलियाको विशेष प्रसारण सेवा सुन्न एसबीएसको लिंकमा क्लिक गर्नुहोला )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment