जन्मे भानु पवित्र गण्ड तटको रम्घा चुँदी गाममा
अर्पे जीवन काव्यको जगतमा नेपालको नाममा
गाधा रामसिता रचेर सहजै भाका यसैमा भरे
आलो घाउ थियो सबै समरको खाटा उनैले भरे ।।
घाँसीको मतिले बने अमर ती साहित्यको रागमा
हो रामायण त्योे कथे सहज ती मातृत्वको आडमा
शिक्षा त्यो बधुको र भक्तलहरी हुन् अर्तिका पुञ्ज ती
भृङ्गै हौँ पढने नरादि तर हुन् कृति बडा कुञ्ज ती ।।
धारा काव्य छ रामभक्ति रसिलो आदर्श भोगाइको
बोली आस्तिकको बहाव युगको गन्तव्य प्रगतिको
बल्दो कीर्ति उँचो अजम्बर उनी ज्यूँदा विभूति हुँदा
पक्रन्छौँ उनको सुपन्थ सबले सन्तान नेपालका ।।
भाषा भो दरिलो समुन्नत उनी बन्दा महासर्जक
हाम्रा भानु पिता गुरुजन यिनै साहित्यका पालक
गर्छौँ भानु नमाम माथ पदमा बाँधी भुजा अञ्जली
अर्पन्छौँ करमा शभक्ति सबले हार्दिक श्रद्धाञ्जली ।।