Comments Add Comment

ललितपुरका वडाको बजेट तेब्बरले बढाइयो, वृद्धवृद्धालाई थप नगरभत्ता


३१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट तयार गरेको छ । महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गरिँदैछ ।

यो वर्ष महानगरपालिकाले आफ्ना नगर क्षेत्रका मतदाता रहेका ७५ वर्ष नाघेका वृद्धवृद्धालाई वर्षमा थप ५ हजार नगर सुरक्षा भत्ता दिने निर्णय गरेको छ । मेयर चिरिबाबु महर्जनले काठमाडौं महानगरपालिकाको योजनाके सिको गर्दै यस्तो कार्यक्रम ल्याएका हुन्।

त्यसैगरी महानगरपालिकाले यो वर्ष वडाहरुको बजेटमा तेब्बरले वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ मात्रै बजेट पाएका वडालाई १ करोड बजेट दिइँदैछ ।
त्यसैगरी ४० लाख बजेट पाइरहेका वडाले आगामी वर्ष १ करोड २० ला बजेट पाउनेछ । यो वर्ष ५० लाख पाएकाले आगामी वर्ष १ करोड २० लाख बजेट पाउने एक वडात्तयक्षले जानकारी दिए ।

महानगरपालिकाले बजेटमार्फ यो वर्ष केही विशेष प्रस्ताव पनि पारित गरेको छ । बजेटमार्फत ललितपुरमै एउटा सिटीईभीटीबाट समबन्धन लिएर महानगरपालिको सहकार्यमा कलेज चलाइने भएको छ ।

अहिले चलिरहेका कलेजहरुलाई त्यसका लागि प्रोत्साहित गर्ने र सीप सिकाउने गरी प्राविधिक शिक्षालय चलाउने घोषणा बजेटले गरेको छ । कलेजमार्फ हस्तकला, काष्ठकला, मुर्तिकला, प्रस्तरकला लगायतको सीप प्रवर्द्धन गरिनेछ ।

महानगरपालिकाले स्थानीय नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यससहित अस्पताल पनि चलाउने योजना बनाएको छ । बजेटले त्यसका बारेमा पनि सम्बोधन गरेको ती वडाध्यक्षले जानकारी दिए ।

यस्तै महानगरको आफ्नै सिटी हल निर्माणका लागि पनि यसैवर्षबाट अध्ययन थालिने भएको छ । महानगरपालिकाको बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सुशासन प्रवर्द्धनको मुल उद्देश्य राखेरको नगरसभाका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment