Comments Add Comment

नेकपाको आकस्मिक बैठकः डा. केसीलाई भोलि नै काठमाडौं ल्याउने निर्णय

फाइल फोटो

२ साउन, काठमाडौं । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले आमरण अनसनरत डा. गोविन्द केसीको उपचार आफ्नो काबुबाहिर गएको बताएको छ । लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेन ।

कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले बुधबार नै मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान सार्वजनिक गरेका छन् ।

साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । यो खबर शिक्षामन्त्री हुँदै नेकपाका नेताहरुसम्म पुगेपछि बालुवाटारमा आकस्मिक बैठक बस्यो, जहाँ डा. केसीको स्वास्थ्य अवस्थाबारे गम्भीर छलफल भएको छ ।

बैठकले डा. केसीका जीवनरक्षा पहिलो प्र थमिकता भएको भन्दै भोलि नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

साथै आफ्ना मुद्दा सम्बोधन नभएसम्म डा. केसीले अनसन नतोड्ने भएकाले उनका मागबारे खुला छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्काशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment