Comments Add Comment

बनेपामा नै रोकिन्छ ट्रिपर, स्थानीय भन्छन् : रातमा आतंक हुने भयो

३ साउन, काभ्रे । उपत्यकाका ३ तीन जिल्लामा भित्रने टि्रपरलाई ट्राफिक प्रहरीले बनेपामा नै रोक्ने गरेको छ ।

निर्माण सामग्री बोकेर सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकबाट राजधानी भित्रने ट्रिपरलाई बनेपामा नै रोक्ने गरिएको ट्राफिक प्रमुख निशेष चापागाईंले अनलाइनखबरलाई बताए ।

साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ वजेसम्ममात्रै चल्न दिने उपत्यका प्रशासनको निर्णय पछि जिल्लाको पनौती, पाँचखाल हिवापाटी, खोपासी भकुण्डे लगायतका स्थानमा ट्रिपर रोकिने गरेका छन्, जसले गर्दा रातको समय राजधानी भित्रने ट्रिपरको चाप अत्यधिक हुने गरेको छ । रातको समयमा मात्र धेरै ट्रिपर हुँदा व्यवस्थापनमा केही कठिनाई भएको प्रहरी सहायक निरीक्षक भीमसेनविक्रम थापाले बताए ।

काभ्रेबाट दैनिक १ हजार ४ सय टि्रपर राजधानी भित्रने गरेका छन् । काभ्रेमा ट्रिपरले दैनिक दुर्घटना बढाएपछि प्रहरीले टाइम कार्डको व्यवस्था समेत गरेको थियो ।

टाइम कार्ड लागु गरेपछि दुर्घटना समेत न्यूनीकरण हुदै आएको प्रहरीको तथ्याङ्कले देखाउँछ । राजमार्ग आसपासका स्थानीयहरुले भने राति ट्रिपरका कारण सुत्न नै नपाइने, प्रेसर हर्नले होहल्ला बढी भएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment