Comments Add Comment

एलजीले गर्‍यो पूर्व फुटबल खेलाडीहरुलाई सम्मान

४ साउन, काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले राजु काजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको छ । उनीहरुको नेपाली फुटबलमा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।

एलजी ले फुटबल विश्वकप सुरु हुनु अगावै ‘एलजी स्यालुट मास्टर अफ फुटबल क्याम्पेयन’ सञ्चालन गरेको थियो । यस अभियान एलजीले काठमाडौ लगायत मुख्य सहरहरुमा सञ्चालन गरको थियो । यसमा पूर्व फुटबल खेलाडीहरुसँग बसेर अन्र्तक्रिया भएका थिए । पुुराना फुटबल म्याचहरु सँगै हेरिएको थियो ।

कार्यक्रममा दुई जनालाई बम्परमा लक्की ड्रममार्फत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरिएको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसा दर्जी तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment