Comments Add Comment

किताबको नाममा गाँजा तस्करी, पर्साबाट २ जना समातिए


५ साउन, वीरगञ्ज । सुरक्षाकर्मीले कडाइ गर्न थालेपछि तस्करहरुले नयाँ शैली अपनाएर गाँजाको तस्करी गर्न थालेका छन् । किताब भनेर गाँजा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई पर्साबाट पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार राति पर्साबाट ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् ।

गोविन्द टाटासुमोका चालक हुन् । काठमाडाैंबाट पर्सागढी नगरपालिका तर्फ आइरहेको ना१ज २४९३ नम्बरको टाटा सुमोमा चेकजाँचको क्रममा सशस्त्र बेस क्याम्प सोलखपुरको टोलीले ७० किलो गाजा बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय चिनीमिल पर्साका सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाइएको छ ।

चालक गोविन्दले भने बढनिहारसम्म छोडी दिन भनी हेटौंडाबाट किताब भनेर गाँजा हालिएको जानकारी आफूलाई नभएको दाबी गरेका छन् । उनीहरुको साथबाट सशस्त्र प्रहरीले सामसुङ र नोकियाको मोबाइल सेट समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment