Comments Add Comment

नेप्सेमा झिनो अंकको गिरावट, १९ करोडको कारोबार

१० साउन, काठमाडौं । सातको अन्तिमदिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार होटल समूहबाहेकका सबै समूहहरु राताम्मे देखिदा नेप्से परिसुचककमा ३ दशमलव १५ अंकको गिरावट आएको हो ।

१ हजार १ सय ९४ दशमलव ३७ अंकबाट शुरु भएको सेयर कारोबार ३ दशमलव १५ अंकको गिरावट आएसँगै नेप्से परिसुचक १ हजार १ सय ९१ दशमलव २० अंकमा आइपुगेको छ ।

कारोबार रकममा भने बुधबार भन्दा बिहीबार केही सुधार देखिएको छ । दिनभर भएका ३ हजार ४ सय ९१ कारोबारबाट ७ लाख ९२ हजार ५५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार १६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment