Comments Add Comment

सिंहदरबार क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने


१९ साउन, काठमाडौं । सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले  विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ ।

प्राधिकरणले उपत्यकामा सफाइ तथा मर्मत गर्नु परेमा शनिबारका दिन लोडसेडिङ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment