Comments Add Comment

अपराधिक गतिबिधिमा संलग्न दुई युवक पक्राउ

२२ साउन, वीरगञ्ज । पर्सा प्रहरीले बिभिन्न अपराधिक काममा सक्रिय भएका दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १ बस्ने भीम भन्ने १९ वर्षे राहुलकुमार गुप्ता र बाराको सिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर बस्ने २० वर्षे साजिर हुसेन अन्सारी रहेका छन् ।

राहुलकुमार मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका हुन भने साजिरको साथबाट लागू औषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साउन १९ वीरगञ्ज महानगरपालिका १० बस्ने श्यामप्रसाद साहले घर अगाडि पार्किङ गरी राखेको ना. १६ प.३५२० नं. को रातो कालो सिबजेड मोटरसाइकल हराएको उजुरी प्रहरी कार्यालयमा दर्ता गराएका थिए ।

खोज तलास गर्दै जाने साउन २० गते वीरगञ्ज महानगरपालिका वडा १६ स्थित भन्सार कार्यालय नजिक हराएको चलाउँदै गरेको अवस्थामा राहुलकुमार पक्राउ परेका थिए ।

त्यसैगरी प्रहरीले लागू औषध ब्राउनसुगर ८ पुरिया (अन्दाजी ४ ग्राम)सहित साजिर हुसेनलाई पक्राउ गरेको हो ।

ना५४प ७०३ नम्बरको स्कुटरमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गर्दा चेकजाँचको क्रममा साजिरको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी प्रहरीले वीरगञ्जबाट भन्सार छलेर ल्याउँदै गरेको सिलिङ पंखा ८ थान, आइरन ४ थान र सेन्डो १३५ थान, कट्टुु ६१ थान, भेष्ट २४ थान, गम्छा १७ थान समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment