Comments Add Comment

डडेलधुरामा गर्भपतन गराउनेको संख्या वृद्धि, धेरैजसो २० वर्ष मुनिका

उपक्षेत्रीय अस्पतालमा कन्सलटेन्टको दरबन्दी २१, उपस्थिति भने शून्य

२८ साउन, डडेल्धुरा । प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ ।

अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा एक जना पनि कन्सलटेन्ट छैनन् । मेडिकल अधिकृत पनि ६ जना मात्र रहेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

१ सय शय्याको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा १ सय २७ जना कर्मचारी कार्यरत छन् ।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय नभएको अमरगढी नगरपालिका ५ का वडा अध्यक्ष खेमराज पाठकले बताए । ‘कर्मचारी अभावकै कारण रातिको समयमा इमरजेन्सीमा र अन्य वार्डमा कुनै पनि कर्मचारी पाइँदैनन्,’ उनले भने ।

गर्भपतन गराउनेको संख्या वृद्धि

अस्पतालको वार्षिक प्रतिवेदनले सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको समेत देखाएको छ । पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा धेरैजसो २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएको छ ।

आर्थिक वर्ष ०७२/७३ मा १ सय ३० जनाले गर्भपतन गराएकोमा ०७३/७४ मा २ सय ३ जनााले गर्भपतन गराएको तथ्यांक छ । यो वर्ष उक्त संख्या बढेर २ सय ५९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment