Comments Add Comment

ट्यांकर चालकको तलव ३२ हजार कायम गर्न माग

६ भदौ, काठमाडौं । पेट्रोलियम ट्याङकर चालकहरुले तलब ३२ हजार कायम गर्न माग गरेका छन् ।

 उनीहरुले ढुवानी व्यवसायी महासंघ अन्तर्गत सञ्चालित पेट्रोलियम ट्याङकर चालकहरु दक्ष दर्जाका श्रमिक भएको भन्दै मासिक पारिश्रमिक ३२ हजार कायम गर्न काम गर्दै बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलार्इ ज्ञापन पत्र बुझाएका हुन् ।

बुधबार नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले बुझाइएको ज्ञापनपत्रमा सहचालकको तलव सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नघट्ने गरी उपलब्ध गराउनुपर्ने, भौगोलिक वनावट र जोखिमपूर्ण कार्यमा संलग्न चालकहरुले लोड गर्न जाँदा बाटोमा लाग्ने सम्पूर्ण खर्चबाहेक २५ सय नघट्ने गरी खाना खराक खर्च उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

उनीहरुले बुझाएको १८ बुँदे मागसहितको ज्ञापनपत्रको सुनुवाई नभएर यही भदौ १५ गतेबाट आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

मागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment