Comments Add Comment

निर्मला हत्याको विरोधमा डडेल्धुरामा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

९ भदौ, डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा सहभागी किशोर सनि खुनालाई गोली हानी मारेको भन्दै डडेल्धुरामा शनिवार पनि आम नागरिकहरुले आन्दोलन गरेका हुन् ।

सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरिक अगुवाहरुको आरोप छ । प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ ।

आन्दोलनमा उत्रिएकाहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो ।

आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment