Comments Add Comment

टिभीएस अपाचे आरटिआर १६० फोरभी नेपाली बजारमा

१० भदौ, काठमाडौं । टिभीएस अटोमोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस आरटीआर १६० फोरभी मोडेल नेपालमा सार्वजनिक गरेको छ ।

आफ्नो रेसिङ विरासतको आयाम आरटीआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटीआर १६०-४भी अत्यन्त शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्नेमा कम्पनि विश्वस्त रहेको छ ।

काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिएको टिभीएस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजानिक गरिएको हो । उक्त सांगीतिक कार्यक्रममा गायकहरु सुगम पोखरेल, एडि्रन प्रधान, रबिन तामांग, निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाही लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

४ भल्भ, आयल कुल्ड इन्जिन भएको बेस्ट एनक्लास टिभीएस आरटिआर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनशिप -आइएनएमआर सी) को ६ पटकको बिजेता हो

‘टिभीएस अपाचे आरटिआर सिरिज बजारमा ल्याएको १० वर्ष नबित्दै ग्राहक बर्गमा अभूतपूर्व रुपमा सफल भएको छ । नयाँ टिभीएस आरटीआर १६० फोरभीमा थप प्रविधिसहित आएको छ । यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको १६० सीसी र बेस्ट इनक्लास मोटसाइकल हुनेछ,’ जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भने, ‘यसमा भएको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकले सहजै नेपाली ग्राहकमाझ सफल हुनेमा म विश्वस्त छ ।’

टिभीएस आरटिआर १६० फोरभी कार्बोरेटोर भेरिअन्टमा उपलब्ध रहेको छ । १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आरपीएममा रहेको छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ ।

आˆनो रेसिंङ विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटीआर १६० फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०-६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ ।

पेटेण्डेड डबल क्रेडल स्प्िलट सिन्क्रो स्टिफ डिजाइन गरिएको उक्त मोटरसाइकल, उत्कृष्ट हाइ स्पिड स्टेबिलिटी, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिङले सुसज्जित छ ।

राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ । यो मोटरसाइकले फुल्ली डिजिटल भएको स्पिडोमिटर आईएनएमआरसीमा आधारित रेस मेशिन आरटिआर १६५ मा आधारित छ । अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिकशार्प टेलहरु ग्राहकहरुलाई थप आकर्षक छ ।

२ लाख७९ हजार ९ सय रुपैयाँ मूल्य कायम गरिएको टिभीएस अपाचे १६० फोरभी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment