+
+
Shares

प्यूठान हिरासतमा विप्लव कार्यकर्ताको अनसन

विजयसिंह भारती विजयसिंह भारती
२०७५ चैत ४ गते १२:२६

४ चैत, प्यूठान । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् ।

कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् ।

पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो ।

यद्यपि, उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा-नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएको गुनासो गरेका छन् । ‘आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा छु’, उनले अनलाइनखबरसँग भने ।

हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएको उनको गुनासो छ । तर, प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरे । हिरासतका अन्य कैदी सरह नै उनीहरुलाई सेवा-सुविधा दिएको बुढाथोकीको भनाइ छ ।

नेपाली सेनाबाट सेवानिवृत्त स्याङ्जा स्थायी घर भई हाल प्यूठानको जस्पुरमा होटल व्यवसाय गर्दै आएका नवीन डुम्रेलाई पनि प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?