Comments Add Comment

उपहार गोलमा चेल्सीको जित

११ भदौ, काठमाडौं । उपहार गोलको मदतमा चेल्सीले न्यूक्यासललाई हराएको छ र प्रिमियर लिगमा विजयी यात्रा कायमै राखेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले न्यूक्यासललाई २-१ गोल अन्तरले हराएको हो ।

न्यूक्यासलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो, जसमा इडेन हजार्डले सहजै गोल गरे ।

तर, घरेलु टोलीले गोल फर्कायो । ८३ औं मिनेटमा जोसेलुले हेडमार्फत बराबरी गोल गरे । खेल बराबरीतर्फ उन्मुख भएका बेला न्यूक्यासलका डेन्ड्रे यडलिनले आत्मघाती गोल गरे । मार्कोस एलोन्सोको प्रहार रोक्ने क्रममा यडलिनले आफ्नै पोष्टमा गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment