Comments Add Comment

‘नाई नभन्नु ल ५’: बर्षको पहिलो हिट फिल्म ?

नेपाली चलचित्रले यो बर्ष पहिलो हिट सिनेमाको खोजी गरिरहेको छ । वैशाखको ७ गतेदेखि भदौको १ गतेसम्म आइपुग्दा कुनै पनि चलचित्रले नेपाली बक्स अफिसमा लगानी उठाउन सकेका छैनन् । यसैले, बर्षको पहिलो हिट चलचित्र कुन होला भन्ने अड्कलबाजी चलिरहेको छ ।
यसैविच, भदौ ८ गतेबाट रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ यो बर्षको पहिलो हिट चलचित्र हुने बाटोमा देखिएको छ ।

भदौ ८ गते शुक्रबार औषत व्यापारमा चित्त वुझाएको चलचित्रको वर्ड अफ माउथ सुखद भएकाले शनिबार र आइतबार व्यापार राम्रो छ । चलचित्रले शुक्रबार ४५ लाखको मात्र ग्रस कलेक्शन गरेको थियो । तर, शनिबार भने चलचित्रले आक्रामक व्यापार गरेको थियो । शनिबार यो चलचित्रले १ करोड हारहारीको व्यापार गरेको निर्माणपक्षले बताएको छ । यस्तै, चलचित्रको व्यापार आइतबार ७० लाख भन्दा माथि छ । ३ दिनमा चलचित्रले २ करोड भन्दा माथिको व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक विकासराज आचार्यका अनुसार, यसको निर्माण लागत १ करोड ३५ लाख हो । यसैले, चलचित्रले मंगलबारसम्म लगानी सुरक्षित गर्ने देखिएको छ । वुधबारदेखि चलचित्रको व्यापार निर्माताको लागि नाफामा जानेछ ।

चलचित्रको कथावस्तुलाई दर्शकले रुचाएकाले पनि दर्शक बढेको निर्देशकको दाबी छ । चलचित्रमा स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment