Comments Add Comment

बिमस्टेक बैठकमा सहभागी हुन म्यानमारका राष्ट्रपति काठमाडौं आइपुगे

१२ भदौ, काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो  बैठकमा सहभागी हुन राष्ट्रपति मिन्ट काठमाडाैं अाएका हुन् ।

राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्माका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

बिमस्टेक बैठक १४ र १५ गते काठमाडौंमा हुँदै छ । बैठकको आतिथ्यता गरिरहेको नेपालले सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment