Comments Add Comment

दाङमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर खुल्यो

१३ भदौ, काठमाडौं । सामसङ नेपालले दाङको घोराहीस्थित मैत्री टोलमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । घोराहीस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ नेपालका सर्भिस म्यानेजर राजन भट्टराई तथा आइएमएस केयर सर्भिस म्यानेजर कुनाल गुरुङले गरे ।

विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले यस अघि काठमाडौं उपत्यका भित्र (सुन्धारा, पाको, कमलादी) जावलाखेलमा, गोंगबू तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल, झापा, दाङमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

ग्राहकहरुमाझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यो सर्भिस सेन्टरबाट दाड तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभ लिन सकिनेछ भन्ने कुरामा सामसङ विश्वास्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment