Comments Add Comment

‘बकम्फुसे राजा’मा २ बर्षालाई अफर, के सँगै काम गर्लान् ?

आफूहरुको सम्बन्धमा कुनै पनि खटपट नआएको र एकसाथ काम गर्न तयार रहेको बताइरहेका नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई चलचित्र ‘बकम्फुसे राजा’का लागि अफर गरिएको छ ।

संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको यो चलचित्रको घोषणा केही दिन अगाडि गरिएको थियो । चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको चर्चा छ ।

यसैविच, चलचित्र बजारमा हट केक बनिरहेका नायिकाद्धय राउत र सिवाकोटीलाई निर्देशक सुवेदीले अफर गरेका हुन् । तर, दुबै नायिकाले चलचित्र गर्ने वा नगर्ने बिषयमा लिखित संझौता गरेका छैनन् ।

वुझ्नमा आए अनुसार, दुबै नायिकाका लागि चलचित्रमा आकर्षक भूमिका छ । यस बिषयमा निर्देशक सुवेदीले भने-‘हो, हामीले २ बर्षालाई नै अफर गरेका छौ । तर, दुबैसँग लिखित संझौता भने भएको छैन । दुबैले मसँगको कुराकानीमा गर्छु नै भनेका छन् ।’

चलचित्रको घोषणा सभामा काम गर्ने पक्का भएकै कारण नायिका बषर्ा राउत उपस्थित थिइन् । तर, पछि उनले यो चलचित्र खेल्न नभ्याउने जानकारी निर्माणपक्षलाई गराइन् । तर, फेरि आफूले समय दिन सक्ने भन्दै राउत खेल्नका लागि तयार भइन् । यो बिचमा यसको निर्माणपक्षले सिवाकोटीसँग कुरा गरिसकेको थियो ।

चलचित्र बजारमा बर्षा राउत फेरि इन्ट्री भएपछि बर्षा सिवाकोटीले नखेल्ने जवाफ दिएको चर्चा समेत चलेको छ । यो बिषयमा निर्देशक सुवेदी भन्छन्-‘मसँग उहाँहरुले खेल्छु नै भन्नु भएको छ । बाहिर चलेको हल्ला मैले पनि सुनेको छु । अब, उहाँहरुलाई एकसाथ राखेर कुरा गरेपछि के हुन्छ थाहा होला ?’ कमेडी कथामा यो चलचित्र निर्माण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment