Comments Add Comment

एसियाडमा पदक जिताउने खेलाडीलाई पोखरामा नगर परिक्रमा

१९ भदौ, पोखरा । एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक जिताउने प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा सम्मान गरिएको छ ।

मंगलबार दिउँसो पोखरा विमानस्थल आइपुगेका उनीहरुलाई फूलमाला र अवीरले स्वागत गर्नुका साथै नगर परिक्रमा पनि गराइएको थियो ।

इन्डोनेसियाको जकार्तामा भएको अठारौं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो ।

प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले नेपाललाई पदक दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment