Comments Add Comment

करोडौँ पर्ने खाजाको डिब्बा हराउँदा पुलिसको निद्रा चट्

भारतको हैदरावाद पुलिसमा एउटा अनौठो काण्ड आएको छ । जसका कारण पुलिस इतिहास खोतल्न बाध्य भएको छ ।

मुद्दा हो सुनको लञ्चबाकस चोरीको । उक्त खाजाको डिब्बा केवल सुनबाट मात्र बनेको थिएन, त्यसमा बहुमूल्य हिरा तथा मोतिपनि जडित थिए ।
उक्त खाजाको डिब्बाका अलावा हैदरावादका अन्तिम सासक मिर उस्मान अली खानको निलम जडित सुनेको चियाकप, रिकापी तथा चम्चा पनि चोरी भएको छ ।

जम्माजम्मी तिन किलो वजनका सामान चोरी भएका छन् । जसको मूल्य झण्डै ५० करोड भारु पर्ने बताइएको छ ।

सोमबार मात्र पुलिसले ती बहुमूल्य सामान चोरी भएको जानकारी पायो । आइतबार राति ती सामान चोरी भएको अनुमान गरिएको छ ।

ती सबै सामानहरु निजाम संग्राहलयबाट चोरी भएका हुन् । उक्त संग्राहलय प्रथम बादशाहको दरबारको रुपमा थियो ।

गत वर्ष शाही परिवारको एउटा तरबार पनि हैदरावादको अर्को संग्राहलयबाट चोरी भएको थियो ।

चोरहरुले संग्राहलयको सिसीटिभी क्यामरा बिगारेर चोरी गरेका छन् ।

निजाम संग्राहलय सन् २००० मा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । अन्तिम बादशाह मीर उस्मान अली खानको सन् १९६७ मा मृत्यु भएको थियो । सन् १९६७ मा अली खानले प्राप्त गरेका विभिन्न बहुमूल्य उपहार पनि त्यहाँ राखिएको छ ।

स्मरण रहोस् अली खान कुनै समय विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा चर्चित थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment